पुरानो कुराले फेरी रुवायो अभिनेत्री परमितालाई, भिडियोबाट मागिन् माफी (भिडियो सहित)

काठमाडौं/ अभिनेत्री परमिता आरएल राणाले दुर्घटनाको विषयमा पुनः माफि मागेकी छिन् । उनी सवार कारले गत मंसिर २८ गते बुढाानिलकण्ठमा लीला देवकोटालाई ठक्कर दिएको थियो । दुर्घटनामा देवकोटाको ज्यान गएको थियो । उनी अघिल्लो रात ठमेलमा समय बिताएर भोलिपल्ट विहान शिवपुरीबाट फर्किने क्रममा भएको दुर्घटना भएको थियो । परमिता सवार उक्त कार भने पृथ्वी मल्ले चलाएका थिए । इन्स्टाग्राममार्फत् माफि माग्दै उनले उक्त घटनाबाट आफू दुखित भएको बताएकी छिन् ।

इन्स्टाग्राममा भिडियो राख्दै उनले उक्त दिन भएको घटना अञ्जानमा भएको र आफूलाई त्यस घटनाले अझैं सताउने बताएकी छिन् । उनले भनेकी छिन्, ‘त्यो हाम्रै गल्ती थियो । हामी त्यसरी जानु हुँदैन थियो । हामीबाट ठूलो गल्ती भएको छ ।’ आफूमाथि गरिएका टिप्पणीलाई लिएर उनले भिडियोमा रूँदै माफि मागेकी छिन् । उनले भिडियोसँगै लेखेकी छिन्, ‘त्यो घटनापछि मलाई धेरैले साथ दिनुभएको छ ।’

उनले टिकटकमा आफूले राखेको एक भिडियोमा जनाएको प्रतिक्रियालाई लिएर माफि पनि मागेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो भिडियोमा कमेन्ट देखेपछि मैले बच्चाको पारामा एकदमै रिस उठेर त्यो कमेन्टको रिप्लाई गरेको थिएँ । मैले अति भएर त्यो कमेन्ट लेखेको थिएँ । तर,मैले त्यो लेखेको एक मिनेटमा नै त्यो कमेन्ट हटाएँ ।’

आफूले उक्त कमेन्ट आवेशमा आएर गरेको र त्यसमा आफ्नै गल्ती भएको बताएकी छिन् । उनले रूँदै भनेकी छिन्, ‘यो म होइन । मेरो परिवारले दानवलाई हुर्काएको थिएन । मलाई माफ गर्नुहोला । म यस्तो मान्छे नै होइन् ।’ आफूलाई लगातार नकरात्मक र उक्त दुर्घटनाको सम्झाउने कमेन्ट आइराख्दा त्यस्तो लेख्न पुगेको उनले बताएकी छिन् । उनले भनेकी छिन्, ‘म यस्तो मान्छे होइन । मलाई माफि दिनुहोला ।’

हेर्नुस उनको भिडियो सहितको स्ट्याटस यस्तो छ :
मलाई थाहा छैन म अब को हुँँ। म दिनदिनै राम्रो मान्छे बन्ने कोशीश गर्दैछु तर मेरो रिस, आवेग र बचकाना व्यवहारले मलाई जित्यो। मैल गत डिसेम्बेर २०१९ मा के गरेँ भन्ने कुरा थाहा छ र म पूर्णरूपमा गलत र स्वार्थी भएँ र मैले सामाजिक सञ्जालमा पोस्ट गरेको क्षमा याचना पनि सही थिएन। मलाई त्यो थाहा छ। मैले जे गरेँ त्यो गलत गरेँ र म यसको उत्तरदयी हुँँ। तर म पनि मान्छे हुँँ र बारम्बार मलाई नकारात्मक कमेन्ट गरेर त्यो दुर्घटनाको बारे सम्झाउँदा मलाई त्यसले असार गर्छ, त्यसैले मैले आफ्नो नियन्त्रण गुमाए र मैले त्यो कमेन्ट लेख्न पुगेँ। र मलाई यो पनि थाहा छ कि त्यो मेरो असंवेदनशीलता थियो र मैले त्यो चिताएकी पनि थिईन र मैले त्यसरी आफ्नो नियन्त्रण गुमाउनु हुँदैन थियो भन्ने महसुस हुने बित्तिकै त्यो कमेन्ट मैले डिलिट गर्दिहालेँ।

त्यसको स्क्रीनशट लिईसकेको रहेछ भनेर मलाई थाहा थिएन । म टिकटककी प्रयोगकर्ता प्रियंका डंगोललाई माफी माग्न चाहन्छु। म अत्यन्तै क्षमाप्रार्थी छुँ। मेरो तपाईंँलाई अपनमान गर्ने मनसाय थिएन। मलाई माफ गर्नुहोला मैले मेरो नराम्रो पक्ष प्रस्तुत गरेँ र तपाईँलाई गरेको जस्तो व्यवहार कसैले पनि कसैलाई गर्नुहुँदैन। म बुझ्छु, म प्रतीको रिस र आक्रोश। मलाई थाहा छ कि म मानिसहरुमा राम्रो प्रभाव पार्न सकेको छैन। र म फेरी पनि माफि माग्न चाहन्छु। यो म होईन। म प्रतीको सर्वसाधारणको आक्रोश जायज छ र मलाई क्षमा गर्नुहुन्छ होला भन्ने आशा गर्दछु। मलाई वर्षाईएका नकारत्मकतालाई सामना गर्ने साहस र हिम्मत बटुल्दै छु र यो सबै मेरै कारणले निम्तेको हो।

र म यो सबको भागीदार हुँँ, मेरो मुर्खता र बचकाना व्यवहारले गर्दा। हामी सबैको अलग-अलग पक्ष हुन्छ राम्रो, नराम्रो र अत्तिनै नराम्रो। सर्वसाधनले मेरो असभ्य व्यवहार दुईचोटी देख्नपरेकोमा म लज्जित छुँ। म निकै लज्जित छु र मेरै व्यवहारले मलाई नै असजिलो बनाएको छ। म मेरा भावनाहरु नियन्त्रणमा राख्न सक्दो प्रयास गर्नेछु चाहे जती नै गाह्रो भए पनि तर म यो गलती अब कहिले पनि दोहोर्‍याउने छैन। म साँच्चिकै दुखी छु। मलाई साँच्चिकै माफी माग्न र दुखी हुन बाहेक मैले अरु केहीपनि भन्न सकेको छैन। मैले म आँफैलाई र मेरा आफ्नाहरुलाई निराश बनाएकी छु। म आँफै प्रती निकै नै लज्जित छु।

तपाईको प्रतिक्रिया