पुनः संचालनमा आयो ईटहरीको ‘कुण्डलिनी’, नितेश जंग कुवार आउदै

इटहरी/ पूर्वको उदाउदो शहर जति यस्का सुन्दर पक्ष छन् त्यतिनै नकारात्मक पक्ष पनि धुलो, धुवा कोलाहल यस शहरले भोग्दै आएको समस्या हो । ब्यस्त जीवन शैलीले मानिसको तन थाक्थ्यो भनि धुलो, धुवा र कोलाहलले मन पनि । त्यहि मन शान्त पार्ने एउटा स्थानको जरुरत थियो इटहरी शहरलाई । एउटा त्यस्तो स्थान जहाँ तन मात्रै होइन मनले पनि शान्ति पाओस ।

त्यो स्थान बन्न पुगेको थियो इटहरीको लाइभ म्युजिक बार कुण्डलिनी तर नयां बर्षको सुरुवात सगै कुण्डलिनी बन्द भएको थियो । इटहरीको एउटा यस्तो स्थान हो कुण्डलिनी जहाँ मन रम्छ भन्ने तर्क सबैको युवा पुस्ताको थियो । अर्थात् कुण्डलिनी बन्द रहेको लामो समय बिती सक्दा पनि कुण्डलिनी आएर बन्द ताला देखेर धेरै फर्किएको कुण्डलिनी बाहिर राखिएको मन्च इन स्ट्रीटका संचालकहरुको भनाई छ ।

तर यहि विश्वकपको सु-अवसर पारेर कुण्डलिनीलाई नया टिमले नयाँ जोसका साथ् नया शैलिमा सुरुवात गरेको हो । संचालक करण विष्टका अनुसार कुण्डलिनीलाई नयाँ तथा पृथक रुपमा संचालन गर्ने र यहि साउन १६ गते अहिलेका चर्चित गायक नितेश जंग कुवारलाई ल्याउने समेत जानकारी दिए ।

Purbeli TV

 

तपाईको प्रतिक्रिया