पुजा-सुदर्शनको नयाँ फिल्ममा माग्नेबुढा, नायकको खोजि हुँदै

दीपक राज गिरी र दीपाश्री निरौला निर्मित फिल्महरुमा मात्र अभिनय गरिरहेका केदार घिमिरे ‘माग्ने बुढा’ अब अर्को एक फिल्ममा देखिने भएका छन् । उनले खेल्ने फिल्मको नाम हाल सार्बजनिक नगरिए पनि उनी महँगो पारिश्रमिकका साथ अनुबन्धित गरिएको छ । उनलाई अनुबन्ध गर्ने निर्माता हुन् नायिका समेत रहेकी पुजा शर्मा र निर्देशक समेत रहेका सुदर्शन थापा । यसअघि यी २ नायिका र निर्देशक द्वारा निर्मित फिल्म ‘म यस्तो गीत गाउछु’ सुपरहिट फिल्मको दर्जा पाईसकेको छ ।

अब निर्मित फिल्मलाई पनि यहि २ जनाले निर्माण गर्नेछन् । ‘म यस्तो गीत गाउछु’ मा भन्दा फरक भुमिकामा देखिन लागेको चर्चा बाहिरिरहदा पुजा यतिखेर आफ्नो भुमिकालाई मजबुत बनाउन निकै मेहनत गरिरहेकी छिन् । मंगलबार औपचारिक रुपमा केदारलाई अनुबन्धित गरिएको पुजा र सुदर्शनको फिल्मलाई यतिखेर मुख्य नायकको खोजी पनि भैरहेको छ । फिल्मको छायांकन भने माघको दोश्रो साताबाट सुरु गरिने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया