पुजा शर्मा र साम्राज्ञीको पक्षमा ६ अभिनेत्री

काठमाडौं / ‘रजतपट’ कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले अभिनेत्री पूजा शर्मालाई इंगित गर्दै शारीरिक टिप्पणी गरेपछि धेरै अभिनेत्री यसविरुद्ध खुलेरे बोलेका छन ।

तर, अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले आफूले भागेको यौन दुर्व्यवहारको घटना बाहिर ल्याउँदा प्रायः अभिनेत्री मौन देखिए । त्यसैले पूजाको समर्थनमा बोलिरहेका अभिनेत्रीहरुमाथि यतिखेर एउटा प्रश्न उठिरहेको छ–‘साम्राज्ञीको त्यति गम्भीर विषयमाचाहिँ किन चुँइक्क नबोलेको ’ ।

लगातार प्रश्न उठेपछि नेपाली फिल्मका ६ अभिनेत्रीहरुले मंगलबार साँझ एउटा स्टाटसमार्फत् एकै स्वरमा यो प्रश्नको सामूहिक जवाफ दिएका छन् । उनीहरुले साम्राज्ञी र पूजा दुवैको लागि आफूहरुले बोल्ने प्रतिबद्धता जाहेर गरेका छन् । सुरुमा अभिनेत्री केकी अधिकारीले पोस्ट गरेको स्टाटसमा पछि ऐक्यबद्धता जनाउँदै अन्य पाँच अभिनेत्रीले सेयर गरेका छन् । सोही स्टाटस सेयर गर्नेहरुमा अभिनेत्रीहरु प्रियंका कार्की, निशा अधिकारी मल्ल, बेनिशा हमाल, ऋचा शर्मा र रिमा विश्वकर्मा रहेका छन् ।

तपाईको प्रतिक्रिया