पुजाको आक्रोश: ‘ओइ चुप प्रकाश सुवेदी’

इटहरी / कार्यक्रम रजतपटमा प्रस्तोता प्रकाश सुवेदीले बोल्ने एक लाईनले प्रायः उनैलाई गिज्याईरहेको हुन्छ । ‘बिनासकारी बिपरित बुद्धि’ । बेलाबखत उनले रिपोर्ट र अन्तरबार्ता चिप्ल्याईदिन्छन । अनि विवाद र आलोचना उनी संगै कलाकारले समेत खेप्नु पर्छ । यतिबेला फेरि त्यस्तै भएको छ । गरिमा शर्माको अतिरन्जित रिपोर्टपछी फेरि कलाकार र रजतपटबिचको विवाद सुरु भएको छ । यता अभिनेत्री पुजा शर्माले पनि होस्टेमा हैसे गरेकी छन् ।

शर्माले आफ्नो ईन्स्टा स्टोरिमा ‘ओइ चुप प्रकाश सुवेदी’ भन्दै आक्रोश पोखेकी छिन् । यसलाई गालिको रुपमा पनि लिन सकिन्छ । रजतपटमा यस्तो किसिमको रिपोर्ट बज्नु, राती गरिमा रुदै लाईभ आउनु, लाईभमा उनले पुजाको नाम लिनु र पुजाले पनि यस्तो आक्रोश ब्यक्त गर्नुमा गरिमा शर्मालाई पुजाको पुर्ण समर्थन देखिन्छ । नदेखियोस पनि कसरी ? पुजापनी उहीँ रजतपट पीडित नै हुन् ।

तपाईको प्रतिक्रिया