पाँच वर्ष कैद सजाय पाएका सलमान खान दुई दिनमै रिहा

जोधपुर / कालो हिरण ( कृष्णसार) मारेको मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका बलिउड अभिनेता सलमान खान दुई दिनमा जमानतमा रिहा भएको छन् । सलमान खान ५० हजार भारतीय रुपैया जमानत राखेर रिहा भएका हुन ।

अदालतले पाँच वर्ष कैद फैसला गरेपछि उनका कानून व्यवसायीले गरेको अपीलमा शनिवार अन्तिम सुनुवाई गर्दै जोधपुर सेशन कोर्टले वकिलहरको बहसपछि जमानतमा रिहा गर्ने फैसला गरेको हो ।

२० वर्ष पहिला कालो हरिण ( कृष्णसार) मारेको अभियोगमा सलमान खानलाई गएको बिहीबार जोधपुर अदालतले पाँच वर्ष कैद र १० हजार रुपैया जरिवानाको फैसला भएको गरेको थियो । फैसला लगत्तै सलमानलाई जेल चलान गरिएको थियो । शुक्रबार राति अवेरसम्म सुनुवाई गरेका प्रमुख न्यायाधिश रविन्द्रकुमार जोशीसहति ८७ ज्यूडिशियल जज उक्त मुद्दामा सहभागीथिए ।

तर प्रमुख जज जोशी शनिबार विहान अदालत गएर कालो हरिण प्रकरणमा सलमान खानलाई जमानतमा रिहाई गर्नका लागि तयारी पूरा गरे । शुक्रवार अवेर रातिसम्म सुनुवाई भए पनि सुनुवाई नसकिएपछि शनिबारसम्म कुर्नु परेको हो । अदालतमा थप अध्ययनका लागि न्यायाधिहले ट्रायल कोर्टको फाइल मागाएपछि प्रक्रिया लम्बिएको थियो ।

तपाईको प्रतिक्रिया

×