पहिलो स्थानमा छक्का पन्जा-२ : गाली गर्दै हेर्नेको घुइँचो, ४ दिनमै आधा करोडको नजिक

ईटहरी/ धेरैले युट्युबमा प्रतीक्षा गरेको ब्लकबस्टर नेपाली फिल्म “छक्का पन्जा २” युट्युबमा सार्बजनिक भएपछि गाली गर्दै हेर्नेको घुइँचो लागेको छ । फिल्मलाई छोटो समय अर्थात ४ दिन पूरा नहुदै ४७ लाख भन्दा बढी पटक अर्थात आधा करोडको नजिक हेरिएको छ । दिपक दिपाको “छ माया छपक्कै” प्रदर्शन मिति नजिकिदै गर्दा २ वर्ष अघि सार्बजनिक प्रदर्शनमा आएको यो फिल्मलाई युट्युबमा सार्बजनिक गरिएको हो । सार्बजनिक पश्चात् कमेन्टहरु पनि आएका छन्, तर धेरै कमेन्टमा फिल्म नराम्रो लागेको प्रतिक्रिया संगै गालि आईरहेको छ । यद्यपि तारिफ गर्नेहरू पनि केहिरुपमा देखिएका छन ।

६२ हजार बढिले लाईक गरेको फिल्मलाई १४ हजार बढिले डिसलाईक गरेका छन् भने फिल्मको कमेन्टमा आएका ८ हजार कमेन्टमा बढी नकारात्मक र केहि मात्रामा सकारात्मक प्रतिक्रिया देखिएका छन् । केहीले “छक्का पन्जा २ युट्युबमा नहालेको रिसले छ माया छपक्कै हेर्न मान्छे हलसम्म पुग्दैन भनेर दिपकले यो फिल्मलाई युट्युबमा हालेछ” भनेर व्यंग्य गरेका छन् । फिल्मको युट्युब भ्युज १६ घण्टा नपुग्दै ९ लाखको हाराहारीमा पुगेको थियो भने ट्रेण्डिङ्गको यात्रा पनि सुरु गरिसकेको थियो ।

हलमा ब्लकबस्टर बनेको छक्का पन्जा सिरिजको तेस्रो भाग पनि हलमा प्रदर्शन भैसकेको छ । तर बल्ल बल्ल २ बर्षको अन्तरमा युट्युबमा कुर्ने दर्शकको गाली खाई खाई छक्का पन्जा २ सार्बजनिक गरेको छ भने छक्का पन्जा ३ कहिले सार्बजनिक हुन्छ, कुनै टुङ्गो छैन । तर अब छक्का पन्जा २ सार्बजनिक पश्चात् छक्का पन्जा ३ सार्बजनिक गरिनु पर्यो भनेर केही फ्यानले भने कमेन्ट गरेका छन् ।

अभिनेत्री दीपाश्री निरौलाको दोस्रो निर्देशकिय फिल्मको रुपमा रहेको छक्का पन्जा २ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरी लगायतको मुख्य भूमिका रहेको छ । फिल्ममा विकास राज आचार्य र सामिप्यराज तिमल्सेनाको कथा रहेको छ भने दीपकराज गिरी पटकथाकार हुन् ।

तपाईको प्रतिक्रिया

Loading…