पहिलो पटक म्युजिक भिडियोमा निखिल उप्रेती, लोक गीतमा नाच्दा देखियो यस्ताे

ईटहरी/ एक्सन स्टारको रुपमा नेपालि सिने उधोगमा कहलिएका अभिनेता निखिल उप्रेती पनि म्युजिक भिडियोमा देखिएका छन् । फिल्म भन्दा बाहिरको म्युजिक भिडियोमा निखिलको यो उपस्थिति पहिलो हो । यसअघि उनले कुनै पनि म्युजिक भिडियोमा अभिनय गरेका थिएनन ।

हाल उनले म्युजिक भिडियोमा नेपालि लोक गितबाट डेब्यु गरेका हुन् । उनले लोक गीत ‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा अभिनय गरेका हुन् । हालै सार्वजनिक गरिएको भिडियो अभिनयमा उनलाई कला लम्सालले साथ दिएकी छन् । कला नजिकको साथि रहेको र उनको कुरालाई काट्न नसकी निखिलले आत्मसाथ गर्दै नया अनुभव लिएको खबर आएको छ ।

भिडियोमा निखिल कलासँग छमछमी नाचेका छन् । निखिल र कलाको अलवा भिडियोमा थुप्रै कोरस पनि नचाइएको छ । भिडियो फिल्म शैलीमै निर्माण भएको छ । बद्री पंगेनी, चन्द्र शर्मा र कला लम्सालको स्वर रहेको यो गीत दशैँ विशेष गीतको रुपमा बाहिर ल्याइएको हो । रमेश बि.जीको शब्द र तिलक ओलीको संगीत रहेको उक्त गीतको भिडियो शिव बिकले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…