पलले आचललाई लगाईदिने सिन्दुरको धर्को, यस्तो छ सत्रुगतेको पिरतिको बिर्को (भिडियो सहित)

ईटहरी/ बहुप्रतिक्षित फिल्म ‘सत्रु गते’ को पहिलो गीत ‘रुपै मोहनी’ सुपर हिट भए पछि अर्को गीत सार्वजनिक भएको छ । काली प्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन् । गीतका शब्दहरु निकै रमाइला छन् । संगीतकार तथा गायक कालीले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । पल र आँचलको केमेष्ट्री सुहाएको छ । भिडियोका कोरियोग्राफर प्रविन सिंह हुन् ।

मह सञ्चार र कलाकार किरण केसीको सहकार्य रहेको फिल्ममा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कसांकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रुपमा रहेका छन् । कथा हरिवंशकै हो । मल्टीस्टारर फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका छन । ‘सत्रुगते’ चैत्र ९ मा प्रदर्शनको तयारिमा छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

सत्रुगतेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा, बसुन्धरा भूषाल, किरण केसी, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, रबि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कसांकरको अभिनय छ । यस्तै दिर्घ गुरुगंको छायाँकन रहने फिल्ममा राजनराज सिवाकोटीको संगीत र कविराज गहतराको कोरियोग्राफी छ । फिल्मको पटकथा दिपकराज र प्रदीप मिलेर लेखेका हुन् भने संवाद हरिवंश र प्रदीपकै छ ।

तपाईको प्रतिक्रिया