परिवारसहित गायिका कल्पना दाहालको धुमधाम विवाह, नाटकिय कि यथार्थ ? (भिडियो सहित)

इटहरी / दोहोरी गाएर सामाजिक संजालमा भाईरल भएकी गायिका कल्पना दाहालले लगनगाठो कसेकी छन् । यो खबर के सत्य नै हो त ? लोक दोहोरीलाई प्रोत्साहन गर्ने लोकप्रिय कार्यक्रम ईन्द्रेणीमा प्रखर वक्ता तथा पछिल्लो समय रिन्केबुङको रागो गीतको रिमेक भर्सनमा आवाज भरेर गायकको समेत परिचय बनाएका रमेश प्रसाईं संगै दोहोरी गाएर एकाएक चर्चामा आएकी कल्पनाको यो विवाह यथार्थ हो, तर एक म्युजिक भिडियोको लागि मात्र । उनलाई बेहुला बनेर साथ दिएका छन् पुरुषोत्तम पौडेलले ।

बेहुली बन्दा कस्तो अनुभव भैरहेको छ भन्ने जिज्ञासामा कल्पनाले रियल बेहुली नभएको कारण कस्तो पनि नभएको बताईन । रिलमा बेहुली भएपनी उनले आफ्नो परिवारलाई समेत उक्त नाटकिय विवाहमा सामेल गराएकी छन् । उनले आफ्नो बुवा र दिदी आउनुभएको सुनाईन । कल्पनाको रमेश प्रसाईं संग प्रेम सम्बन्ध छ र विवाह समेत हुन्छ भन्ने आम दर्शकको अपेक्षा थियो ।

कारण यी २ ले विभिन्न युट्युब च्यानलमा प्रेमका बारेमा अन्तरङ कुराकानी गरिरहेका हुन्थे । तर, रमेशले नन्दा संग विवाह गरेपछि यी कुराहरुको अन्त्य भयो भने उनको विवाहमा कल्पना दोहोरी गाउदै छमछमी नाचेको भिडियो भाईरल नै भयो ।

उनी बेहुली अवतारमा प्रस्तुत भएकी “रिबन केसैमा, बाधी राख न मलाई त्यसैमा” बोलको गीतमा कल्पनाकै स्वर सुन्न सकिन्छ भने उनले चर्चित लोक गायक राजु परियार संग पहिलो पटक गीत गाएकी हुन् । इन्द्रेणी कार्यक्रममा पनि यो गीतमा राजु परियार र पुरुषोत्तम पौडेल र आफुले दोहोरी गाउने तयारी गरेको कल्पना बताउछिन् ।

भिडियो

तपाईको प्रतिक्रिया