पथिभराकी डोना मिस टिनको २ वटा बिधामा उत्कृष्ट

इटहरी / सुनसरीको ईटहरीमा अबस्थित पाथिभरा सेकेण्डरी स्कुलमा कक्षा ८ मा अध्यायनरत बिद्यार्थी डोना घले हालै राजधानी काठमाण्डौको राष्ट्रिय नाचघरमा आयोजित मिस टिन एञ्जल २०७५ मा सहभागी भई २ वटा बिद्यामा उपाधि चुम्न सफल भएकी छिन । मिस ट्यालेन्ट र मिस अलराउण्डरमा एञ्जलले उपाधि जित्न सफल भएकी हुन । उपाधि सँगै उनले प्रमाणपत्रका साथ युरोप र अष्ट्रेलियामा थप अध्यायनका लागी सहयोग समेत पाउने भएकी छिन । गायन र नृत्य बिधामा अब्बल उनी पढाईमा समेत अब्बल रहेको बिद्यालयका प्रिन्सिपल   गाेपाल श्रेष्ठले बताएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…