पथरीशनिश्चरेमा ‘फिरौती’ काे शुभमुर्हत

pathariपथरी /सोमबार मोरङको पथरीशनिश्चरे–१ मन्दिर लाइनमा ‘फिरौती’ नामक छोटो चलचित्रको शुभमुहर्त गरियो । विद्यालयका विद्यार्थीहरु विभिन्न कारणले अपहरणमा पर्नेगर्नेको कुरालाई उक्त चलचित्रले उजागार गर्ने बताइएको छ । गोपी क्रियसनको व्यानरमा बन्ने सो चलचित्रको शुभमुहर्त कार्यक्रममा प्रमुख अतिथि प्रताप तामाङले नरिवल फुटाउनुका साथै चलचित्रका कलाकारहरुले ‘डाइलग’ बोलेर शुभमुहर्त गरिएको थियो ।

२० मिनेटको उक्त चलचित्रको कथा÷निर्देशन निर्दाेष कोइराला, छायांकन देव चौधरी, निर्माता रेगबहादुर घतानी र सल्लाहकारहरु नरेश घतानी, मुक्ति गदाल रहेका छन् । उक्त चलचित्रमा मनोज घतानी, उमा घतानी, माया कोइराला, शुक्र सक्कल लिम्बू, हेम्रेन, रोशन हाङबाङ लगायतको अभिनय रहनेछ । पथरी लगायत पूर्वका विभिन्न स्थानहरुमा छायांकन गरिने नायक मनोज घतानीले जानकारी दिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…