न्यूयोर्कमा जब प्रियंकालाई एडामले चक्कु हान्न खोजे…

एजेन्सी। बलिउड चलचित्र नगरी भन्दा हलिउडमा व्यस्त हुन थालेकी नायिका प्रियंका चोपडालाई मंगलबार न्यूयोर्कको सेन्ट्रल पार्कमा मिडियाले क्यामेरामा कैद गरेको छ । नायिका प्रियंका चोपडा र हलिउड स्टार एडाम डिभाइन सेन्ट्रल पार्कमा नयाँ चलचित्रको छायांकनमा व्यस्त थिए । एक दृश्यमा प्रियंकालाई एडामले पछाडिबाट चक्कु हान्नुपर्ने दृश्य थियो ।

सो दृश्य छायांकनका क्रममा ३४ बर्षकी बलिउड स्टारको क्लिभेज स्पष्ट देखियो । एडामले उनलाई पछाडिबाट चक्कु हान्ने क्रममा पिंक कलरको पहिरन लगाएकी प्रियंका आत्तिइन् । टेक दिएपछि चोपडा फेरि सामान्य अवस्थामा फर्किइन् र पहिरन मिलाउन थालिन् । ‘वेवाच’ नामक चलचित्र र ‘क्वान्टिको’ नामक सिरियलमा काम गरिसकेकी चोपडा फेरि अर्को नयाँ हलिउड चलचित्रमा व्यस्त छिन् ।

 

तपाईको प्रतिक्रिया

Loading…