न्यु इयर इभमा धरानमा मन्त्रको कन्सर्ट

धरान / अठार बर्ष अघि छिमेकि देश भारतको दार्जिलिंगमा स्थापित मन्त्र ब्याण्डले नेपालिहरुको नयाँ बर्ष २०७५को पुर्वसन्ध्यामा आगामी चैत्र ३० गते शुक्रबार धरानको पब्लिक स्कुलको मैदानमा बि. स . २०७४ लाई बिदाई गर्दै नया बर्ष २०७५लाई स्वागत गर्नेछन ।

गोर्खालीको छोरो म , जीवन हाम्रो  , संस्कृति , एकान्तमा ,हिमाली नेपाली , आकाशैमा , सधै – सधै जस्ता दर्जनौ चर्चित गीतहरु गाएर देश – विदेशको यात्रा गरिसकेको रक-पप  ब्याण्ड मन्त्रलाई धरानको भैरब इभेन्ट्सले न्यु यर्स इभ रक कन्सर्ट २०७५ मार्फत धरानको दर्शकहरु माझ उतारदैछन   ।

मन्त्र ब्यान्डमा मुख्य गायकमा भास्कर देवान , गितारमा प्रज्ञा लामा , ड्रममा बिर्जु चौधरी , किबोर्डमा मनिष थापा , बेस गितारमा प्रभास सुब्बा , बाँसुरी र सेक्साफोंनमा बिधान रहेकाछन्  ।

मन्त्र संगै धरानको स्थानीय ब्याण्डहरु समग्र नेपाल , डाइमेन्सन ब्याण्ड , स्टोन ब्रिज ब्याण्डले पनि आफ्नो प्रस्तुति दिने  भैरब इभेन्ट्सका इभेन्ट् म्यानेजर दिपेश श्रेष्ठले बताए ।

नेपालीहरुको नयाँ बर्षको अघिल्लो दिनको इभलाई पनि भब्य रुपमा मनाउनकै लागि वारेस्टाइन बियर , जिंग भोड्का, गोर्खा डिपार्टमेन्ट र डिलाइट वाइनको प्रायोजनमा धरानमा ठुलो तामझामका साउण्ड र लाइटको उचित व्यवस्थापनका साथ न्यु यर्स इभ रक कन्सर्ट २०७५ आयोजना गर्न लागेको इभेन्ट् म्यानेजर दिपेश श्रेष्ठले बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…