नौमती बाजासहित पल र रियाशा भब्य सेटमा बेहुला बेहुली

काठमाडौ/ नायक पल शाह र मोडल रियासा दाहाल बीच सुटुक्क बिबाह भएको छ । उनीहरुको सुटुक्क बिबाह भएको हो । मिडिया पुग्दा पल र रियासा भब्य सेट सहित नौमती बाजा नाचिरहेका थिए । बेहुला बेहुलीको भेषमा देखिएका थिए सोहि क्रममा पत्रकारले रियासलाई कस्तो हुदै छ बिबाह भनेर प्रश्न गर्दा उनले यो दोश्रो बिहे हो मेरो भनेपछि पल अकमक्क भए ।

तर यो सब एक गीतको सुटिङ्गको दृश्य रहेको छ । डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु देखिएका थिए । गीतमा पल र रियासाको साच्चै बिबाह होकी भन्ने देखिन्छ तर बास्तबिकता भने बाहिर देखाएका छैनन् । प्रभावन जे र भारतीय गायिकाको आवाज रहेको उक्त गीतमा पल लाइ बेहुला र रियासलाई बेहुली देखिन्छ । नेपाली टेलिफिल्ममा निकै रुचाइएकी कलाकार हुन् रियासा ।

युट्युवमा आउने उनका कार्यक्रम निकै लोकप्रिय छन् । आजभोली भने उनी म्युजिक भिडियोमा पनि उत्तिकै ब्यस्त हुन थालेकी छन् । नायक पल शाह म्युजिक भिडियोको सम्राट भने पनि हुन्छ । उनले सयौं गीतमा अभिनय गरेका छन् । यी २ लाई पछिल्लो समय म्युजिक भिडियोमा खुबै रुचाईदै छ । आचल शर्मा पछि पलको मिलेको जोडिको रुपमा दर्शकले टिप्पणी गर्न समेत थालेका छन भने २ लाई ‘परि’ उपनाम दिएका छन ।

तपाईको प्रतिक्रिया