नेपाल आउदै बलिउडका दिपिका पादुकोण र ईरफान खान

काठमाडौ/ बलिउड फिल्ममा ब्यस्त र चर्चित अभिनेत्री दीपिका पादुकोण आउदो ५ मार्चमा काठमाडौं आउँने भएकी छिन् । उनी संगै अर्का बलिउड अभिनेता इरफान खान पनि आउदैछन । विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका लागि दीपिका र इरफान नेपाल सुटिङका लागि आउन लागेका हुन् ।

फिल्म निर्माता, निर्देशक, संगीतकार, पटकथा लेखकजस्ता धेरै परिचय बनाएका भारद्वाजले ट्विटमार्फत् खुलासा गरेका छन्, ‘यो नयाँ विषयमा काम गर्ने कुराले उत्साहित छु ।’ उनले निर्देशन गर्ने नयाँ फिल्म नेपालबाटै सुरु हुनेछ । तर, अहिलेसम्म फिल्मको नाम भने तय भइसकेको छैन ।

तपाईको प्रतिक्रिया