नेपाल आईडल भन्दा फरक ‘द भ्वाइस अफ नेपाल’, बटन दबाउदा घुम्ने कुर्सी नेपालमै बन्दै

ईटहरी/ ‘द भ्वाइस’को नेपाल फ़्रेञ्चाइज शो ‘द भ्वाइस अफ नेपाल’ को काठमाडौको अन्नपुर्ण होटलमा एक भब्य कार्यक्रम गरेर औपचारिक घोषणा गरिसकिएको छ । विश्वकै सबै भन्दा ठुलो र महंगो शोमा पर्ने ‘द भ्वाइस’ गूगल र्याङ्किङ्गको समेत पहिलो स्थानमा छ । यसको नेपाली सस्करणको लागि हाल जोडतोडका साथ काम भैरहेको छ ।

केहिले यो शो लाई नेपाल आईडल जस्तै हो भनेर पनि भनिरहेका छन् तर यो शोले बिल्कुलै फरकपन बोकेको छ । यसमा सबैभन्दा धेरै महत्त्व आवाजलाई दिइन्छ त्यसैले प्रतिष्पर्धिको आवाज मात्र सुनी छनोट गर्ने गरिन्छ । प्रतिष्पर्धिले गीत सुनाईरहदा कोच अर्थात निर्णायक प्रतिष्पर्धिको विपरित दिशामा फर्कीरहेका हुन्छन् ।

यदि निर्णायकलाई आवाज मन परेमा आफ्नो अगाडि भएको बटन दबाउछन । बटन दबाउदा उक्त निर्णायक बसेको कुर्सी प्रतिष्पर्धि भएतिर घुम्छ । हाल त्यो कुर्सीलाई नेपालमै निर्माण गरिदै छ । पुल्चोक क्यामसका पास आउट विधार्थिले जि.आर.आइ.टि नामक कम्पनी समेत सुरु गरेर उक्त कुर्सि बनाईरहेका छन् ।

उक्त कुर्सिको डिजाइन गर्दै गरेका टेक्निसियन तथा इन्जिनियर अमृत अधिकारी भन्छन ‘द भ्वाइसले सबै भन्दा सुरुमा हामीलाई अफर गर्यो र हामीले पनि केहि नसोची यो कुर्सि बनाउन सक्छौ भन्यौ र हामि बनाउछौ पनि ।’ उनि थप्दै भन्छन ‘हामिले सुरुमा सक्छौ भनेर मात्र कसरि बनाउने भनेर सोचेका थियौ हामिले हिम्मत गरेका छौ र पुर्याउछौ ।’

तपाईको प्रतिक्रिया

Loading…