नेपाली सेलिब्रेटिलाई बुढेसकाल लागेपछी, के हो फेसएप ?

ईटहरी/ नेपाली सेलिब्रेटीले सामाजिक सञ्जालमा मनोरञ्जनको एउटा नयाँ साधन भेटेका छन्, फेस एप्स । यस एप्सले सानो उमेरको व्यक्तिहरुलाई बुढो रुप देखाउने गर्छ । यो मात्र हैन जवान बनाउने देखि अन्य धेरै फिचरहरु यो एपमा रहेका छन । केहि सेलिब्रेटीले बुढेसकालमा यस्तो देखिने रहेछ भनेर फोटो सामाजिक सञ्जाल पोस्ट गरिरहेका छन् भने केहि कलाकारको बुढेसकाल रुपले फ्यानहरुले सार्वजनिक गरिदिएका छन् । यो एप नेपालमा एकै दिनमा व्यापक भएको छ ।

निर्माता तथा कलाकार दिपकराज गिरीले बुढो रुप सार्वजनिक गर्दै स्टाटस लेखेका छन्, ‘बिहान बिहान कुन चाहिले काम पाएन छ । यस्तो बनाएर मलाइ नै पठाएछ, बनाउन त बनायो ठिकै छ । तर, मेरो हजूर बौ भन्दा नि बूढो बनाएछ ।’ दिपकराजले फोटो सार्वजनिक गरेपछि निर्देशक तथा कलाकार दिपाश्री निरौलाले मेरो बुढो साथी भनेकी छन् । उनको यहिँ कमेन्टमा दिपाको पनि बुढेसकालको रुप सार्वजनिक भएको छ ।

कलाकार केदार घिमिरेले साँच्चिकै बुढो, माग्ने बुढो भन्दै फोटो सार्वजनिक गरेका छन् । बुढेसकालको रुपमा रमाउने कलाकारको भिडमा नायक प्रदिप खड्का पनि देखिए । उनले बुढेसकालमा यस्तो देखिने रहेछ भन्दै फोटो सार्वजनिक गरेका छन् । यस्तै अन्य सेलिब्रेटिहरुले पनि आफ्नो हालको रियल फेसलाई यो एप मार्फत बुढेसकालमा परिणत गरेका छन् ।

के हो फेसएप?

फेसएप एउटा फोटो-मर्फिङ एप हो, जुन अनुहारमा परिवर्तन गर्नका लागि आर्टिफिसिएल इन्टेलिजेन्स(एआई) र तपाईका वास्तविक तस्वीरलाई परिवर्तन गर्न उपयोग गरिन्छ । यो एपले तपाईको फोटो ग्यालरीमा रहेका तस्बिरहरु उपयोग गर्न सक्छ वा तपाई एपभित्रै पनि एउटा तस्बिर खिच्न सक्नु हुनेछ । निःशुल्क सेवाले एआईको प्रयोगबाट तपाईको फोन ग्यालरीमा रहेको तस्बिर सम्पादन गरी दोब्बर वा तेब्बर उमेरको स्मार्ट व्यक्तिका रुपमा तपाईलाई प्रस्तुत गर्ने क्षमता राख्छ ।

यसले तपाईँको कपालको रंग पनि परिवर्तन गर्न सक्छ । तपाईँलाई यो हेर्नका लागि पनि अनुमति दिन्छ कि तपाई दाह्रीका साथ कस्तो देखिनु हुन्छ ? यो एपलाई एक करोड बढिले आफ्नो मोबाईलमा डाउनलोड गरेका छन । युएसएबाट फेसएप आईएनसीले २०१७ को फेब्रुअरी १४ बाट रिलिज गरेको यो एप २०१९ को जुलाई १६ मा अप्डेट भए संगै संसारभर भाईरल भएको छ । विशेषज्ञले भने यो एप आफ्नो ब्यक्तिगत डेटाको लागि भने सुरक्षित नरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…