नेपाली फिल्म ‘पासवर्ड’को ‘सन्नी मेरो नाम’मा सन्नी लियोनी (भिडियो)

काठमाडौं । नेपाली फिल्म ‘पासवर्ड’ को पहिलो गीत सार्वजनिक भएको छ । करिब ४ करोड नेपाली रुपैयाँ बुझेर चर्चीत बलिउड अभिनेत्री सन्नी लियोनीले यो गीतमा नृत्य गरेकी छन् । ‘सन्नी मेरो नाम ’बोलको यो गीतमा दुर्गा खरेलको स्वर र अर्जुन पोखरेलले संगीत रहेको छ भने विष्णु देभाको कोरियोग्राफी छ । गीतको भिडियो बिहीवार सार्वजनिक गरिएको हो ।

गीतमा सन्नीसँग फिल्मका लिड अभिनेता बिक्रम जोशी (विक्की), अनुप विक्रम शाही एवं बुद्धि तामाङ पनि देख्न सकिन्छ । ‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप नै सन्नीलाई गीतमा नृत्य गराइएको निर्देशक सम्राट बस्नेतले बताए । उनले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म ‘पासवर्ड’ भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्म एबी इन्टरनेशनलको ब्यानरमा सौरभ लामाको छायांकीत फिल्मलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् भने अंकित गौतमको कार्यकारी निर्माता रहेका छन् ।

PURBELI TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…