नेपाली चेली तेरीयाले पाइन यि महंगा पुरस्कार : ति के के हुन ?

काठमाण्डाै ।  नेपाली चेली तेरिया मगरले भारतको टेलिभिनज ‘झलक दिखला जा’ को उपाधि जितेकी छिन् । तेरियाले यस अघि जी टेलिभिजनबाट प्रशारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधि जितेकी थिइन । तेरियाले उपाधि उचालेको शो भने शनिबार साँझ कलर्स टेलिभिजनले प्रशारण गर्नेछ ।

 फाइनलमा तेरियाले डीआईडी सिजन १ का विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियन सानतुन महेश्वरीलाई पछि पार्दै उपाधि जितेकी हुन् । तेरियाले उपाधिसँगै तीस लाख भारु र रेनाल्ड डस्टर ब्रान्डको कार त्यसकाे साथै बिभिन्न अार्कषक उपहारहरू पाएकी छिन् ।

तेरीयाले उपाधी जितेकाे खबर सार्वजनीक भए लगत्तै उनकाे परिवार लगायत नेपालीहरूमाझ हर्षाेउल्लासछाएकाे छ । कतिपय स्थानहरूमा तेरीयाकाे जितसंगै दिपप्रज्वलकाे कार्यक्रमहरू समेत राखिएका छन ।

तपाईको प्रतिक्रिया

Loading…