नेपाली चलचित्र मेरी मामु भदौ १५ देखि

धरान / आमा र छोराको भावनालाई समेटेर निर्माण भएको नेपाली कथानक चलचित्र मेरी मामु आगामी भदौ १५ देखि देशभरका हलहरुमा एकै साथ प्रदर्शन हुदैछ । चलचित्रका विषयमा टिमले धरानमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएका हुन् ।

सन्तोष सेनको निर्देशनमा बनेको सो चलचित्रमा उनका ७ बर्षीय छोरा आमु सेनले छोराको मुख्य पत्रको भूमिका निर्वाह गरेका छन् भने मोडलिङ्ग, ्म्युजिक भिडियो हुदै पहिलो पटक नेपाली चलचित्रको पर्दामा देखिनु भएकी कुसुम गुरुङ्ग आमाको भूमिकामा रहेकी छन् ।

धेरै जस्तो जलचित्र नायक र नायिककाको प्रेम सम्बन्धको पेरिफेरिमा निर्माणर््ँ गरिएको भएपनि ३५ दिन लगाएर छायांकन गरिएको यो चलचित्रमा भने आमा र छोराको वास्तविक मायालाई छर्लङ्ग पार्ने कोसिस गरिएको निर्देशक सन्तोष सेनले बताउनुभयो । उहाले ७ बर्षे बच्चाको मनो विज्ञानलाई बढी प्राथमिकता दिएर चलचित्र बनाइएको बताउनुभयो ।

चंंके शंंके पंके, प्रेम गीत र प्रेम गीत २ को सफल निर्देशन गरिसकेका निर्देशक सेनले विगतको तुलनामा यो चलचित्रले दर्शकको माया धेरै पाउने विश्वास व्यक्त गर्नुभएको छ । १ करोड ५० लाखमा निर्मित चलचित्र प्रमोशनका लागि अहिले नेपालका सबै विद्यालयमा क्याम्पियन गरिएको र उत्कृष्ट विद्यालयका १० जनालाई आमासहित थाइल्याण्ड टुरको व्यवस्था गरिने निर्देशक सेनले बताउनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया