थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ काे नेपाली म्युजिक भिडियाे सार्वजनिक

नेपाली गीत संगित तर्फ लम्किदै थारू कलाकार

इटहरी / थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ नेपाली म्युजिक भिडियाे मार्फत नेपाली सिने जगतमा प्रवेश गर्दैछन् । गायक प्रभु चाैधरीकाे ‘अाँखा छाेपि रूनु पर्याे’ बाेलकाे गीतमा उनि संगै माया शेर्पालाइ पनि देख्न सकिन्छ । लकडाउनकाे याे विसम परिस्थितीमा सुटिङका सम्पुर्ण कामहरू सकिए संगै साेमबार गीत रिलिज गरिएकाे छ । ‘सञ्जु बाबा’ काे अाफ्नै यूट्युब च्यानल मार्फत रिलिज गरिएकाे साे गीतमा पुजा चाैधरी निर्माता रहेकी छिन् भने शब्द संगित प्रभु चाैधरीकाे रहेकाे छ ।

बिट्स स्टुडियाे बिराटनगरका सुरज श्रेष्ठले अरेन्ज गरेकाे याे गीतमा प्राण भन्दा प्यारी अाफ्नाे प्रेमिकाले छाेडेर जाँदा उनिसंग विताएका पलहरू सम्झीदै राेएका दृश्यहरू देखिन्छन् । गीतकारले अाफ्नाे प्रियसीकाे बियाेगमा तड्पिरहेकाे पत्रकाे चित्रण गर्न खाेजेका छन् जसमा ‘सञ्जु बाबा’ ले अाफ्नाे बेजाेड प्रस्तुती दिएका छन् । असअघि पनि उनले अाेइ डल्ली बाेलकाे नेपाली म्युजिक भिडियाेमा अभिनय गरिसकेका छन् ।
भिडियाे . . .

थारू चलचित्र क्षेत्रमा ‘सञ्जु बाबा’ भनेर चिनिने संयज चाैधरी विगत केहि वर्षदेखि थारू चलचित्र क्षेत्रमा एकछत्र राज गर्दै अाइरहेका छन् । अाफ्नाे सुरूवती दिनहरूमा नेपाली चलचित्र क्षेत्रबाट करियर सुरूवात गरेका ‘सञ्जु बाबा’ थारू चलचित्र बाटै पहिचान बनाउन सफल भएका छन् । हाल सम्म नेपाली र थारू गरी ६ अाेटा चलचित्र तथा बिभिन्न म्युजिक भिडियाेहरूमा अभिनय गरिसकेका उनि कलाकार मात्र नभइ कथाकार तथा निर्देशक पनि हुन् । हालै उनले निर्माण गरेकाे जानम चलचित्र दर्शक माझ निकै रूचाइएकाे थियाे । अब चाँडै उनि थारू चलचित्र प्रेम बन्धन ल्याउने तयारीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया