नेपाली क्रीकेटर सन्दीपको उदास गीत सार्बजनिक, देखियो स्वरको जादु, हेर्नुस् (भिडियो सहित)

ईटहरी/ नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको स्वरमा रहेको गीतको लिरिकल भिडियो युट्युबमा सार्वजनिक भएको छ । सार्बजनिक ‘उदास’ बोलको गीतमा सन्दीपकै कम्पोजिसन रहेको छ जस्लाई बुधबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा विनोद तिमिल्सिनाको शब्द रहेको छ भने सनिश सुनुवारको संगीत संयोजन रहेको छ ।

यता म्युजिक क्रीयशन भने अनिल धितलले गरेका हुन् । भिडियो गीत सार्बजनिक पछि उनको स्वरको तारिफ गर्नेहरु निकै देखिएका छन् । संगीत आकाशमा समेत सन्दीपले राम्रो स्थान पकड गर्न सक्छ भनेर यहि गीतलाई प्रमाणको रुपमा लिन सकिन्छ । हेर्नुस् भिडियो ।

उनले यसअघि मार्च २४ मा नै यो गीतको प्रोमो भिडियोको रुपमा १ मिनेट १ सेकेन्डको गीत आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरेका थिए । बुझिए अनुसार सार्बजनिक गीत उनको ‘प्रतीक्षा’ एल्बममा समाबेश गरिएको हो । जस्लाई उनले छिट्टै सार्बजनिक गर्दैछन् । अब उनलाई क्रीकेटर मात्र नभएर एक गायक भनेर पनि चिन्न सक्छौ ।

Purbeli TV

तपाईको प्रतिक्रिया