नेपाली कलाकारको बाङ्गालि फिल्म, सिम्रन बनिन् मधुमाला : ट्रेलर हेर्नुस्

बि एस बलामीको निर्देशन रहेको ‘मधुमाला’ बाङ्गालि मात्र हैन नेपाली भाषामा पनि निर्माण हुनेछ । फिल्ममा बि एसकै कथा लेखन रहेको छ भने पुर्वको रमणीय स्थान, पोखरा लगायतको ठाउहरुमा फिल्मको छायांकन गरिएको छ ।

ट्रेलरभरि रोमान्स र एक्सनलाई हाईलाईट गरिएको छ । फिल्ममा कथा लेखन र निर्देशन गरेका बि एस बलामिले नै फिल्मलाई निर्माण गरेका हुन् भने प्रदिप दहाल र मुक्ती हुसैन मधुमालाको सहायक निर्माता हुन् । फिल्ममा संजोग राणा, सिम्रन पौडेल, प्रेम शर्मा लगायत कलाकारहरूको मुख्य भुमिका रहेको छ ।

चलचित्रकी मुख्य नायिका बनेकी सिम्रनको यो डेब्यु फिल्म हो । यसअघि हाक्काहाक्की टेलिफिल्मबाट उनि ‘किट्टि’ उपनामले परिचित भैसकेकी छिन् । फिल्ममा कलम राईको कोरियोग्राफी रहेको छ भने देब महर्जनले द्वन्द्व निर्देशन गरेका हुन् । फिल्मको यसअघि एक रोमान्टिक गीत सार्बजनिक भैसकेको छ । हेर्नुस् नेपाली र बाङ्गालि गरी २ भाषामा निर्माण हुने मधुमालाको सार्बजनिक बाङ्गालि ट्रेलर यस्तो बनेको छ ।

तपाईको प्रतिक्रिया

×