नेपाली अभिनेत्री श्वेताका श्रीमानको निधन

इटहरी / अभिनेत्री श्वेता भट्टराईका श्रीमान मिलन सापकोटाको निधन भएको छ । उनको उपचारको क्रममा मंगलवार चावहिलस्थित एक हस्पिटलको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको जानकारी प्राप्त छ । सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


अक्सिजनको लेभल अत्यन्त कम भएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको मंगलवार दिउँसो ३ बजे निधन भएको हो । सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छन् ।

तपाईको प्रतिक्रिया