नेपालीलाई सलमानको फिल्म ‘रेस–३’ हेर्न आग्रह (भिडियो सहित)

नयाँ दिल्ली / ईदमा रिलिज भएकाे आफ्नो फिल्म ‘रेस–३’ हेर्न बलिउड सुपरस्टार सलमान खानले नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियो सार्वजनिक गर्दै सलमानले आगामी फिल्म हेर्न नेपालीसँग आग्रह गरेका हुन् ।

उनले भिडियोमार्फत ईदको शुभकामनासमेत दिएका छन् । सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले खरिद गरेको छ । १५ जूनबाट ‘रेस ३’ संसारभर प्रदर्शनमा आउँदैछ । रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् । यो फिल्मसँग जुध्न यसपटक पनि नेपाली कुनै पनि फिल्म प्रदर्शनमा नआउने भएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया