नेपालफ्लिक्स र सङ्गस नेपालको साझेदारी

नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा अग्रणी नेपालफ्लिक्स र सङ्गस नेपालले युट्युब सेवाका लागि साझेदारी गर्ने भएका छन्। नेपाली मनोरञ्जन क्षेत्रमा उच्चकोटीको अडियो तथा
भिडियो सामाग्रीहरु प्रस्तुतीका लागि एउटा विशाल मञ्च प्रदान गर्नुका साथै नयाँ नयाँ मनोरञ्जनात्मक विषय वस्तु निर्माणकर्ताहरुलाई आफ्ना सामाग्रीहरुलाई प्रकाशमा ल्याउने
मौका प्रदान गर्नुनै यी दुई कम्पनीको साझा लक्ष्य हो ।

थुप्रै विशिष्ट म्युजिक भिडियोहरुको अपार संग्रहका साथै सात लाख पचास हजार भन्दा बढि समर्पित दर्शकहरु बटुलेको सङ्गस नेपाललाई नेपालकै प्रमुख संगीत वितरक कम्पनिहरु मध्य एक मानिन्छ । सङ्गस नेपालको युट्युब च्यानलबाट आफ्नो म्युजिक भिडियो रिलिजको लागि दैनिक रुपमा थुप्रै महत्वकांक्षी संगीतकर्मीहरुले सङ्गस नेपाललाई सम्पर्क गर्दछन्।
नेपालफ्लिक्स्भने चौधरी ग्रुप र बङगलादेशी डिजिटल मनोरञ्जन क्षेत्रमा अग्रणी कम्पनी बोङ्गोको साझा पहल हो । आफ्ना OTT, VOD / LIVE TV Platform मा
विश्वव्यापी छाव छोड्नका साथै अनगीन्ती दर्शक बटुल्न सफल भएको बोङ्गोले डिजिटल भिडियोको उपभोगलाई दर्शकमाझ ल्याउनकालागि विभिन्न दुरसंचार कम्पनीहरु सँग मिलेर
काम गर्दछ । यसका साथैबोङ्गोले दक्षिण एसिया भरिमा १० लाख भन्दा बढी सदस्यहरुको सञ्जालका साथमा एउटा प्रभावकारी युट्युब समुदायलाई कायम राखेको छ ।

“युट्युबमा रहेका प्रभावकर्ताहरुको पहुँच यस्तो सर्मपित दर्शकहरु सँग छ जो प्रत्येक दिन उनीहरुसँग अन्तरङ्ग रुपमा अन्तक्रिया गर्दछन्।” भन्दै बाङ्गोका प्रमुख सँचालन अधिकारी
करेल कुइपेरीले थपे “ हामी विज्ञापनदाता, दर्शक र निर्माताहरु सँग मिलेर मुल्यवान स्थानिय रचनात्मक समुदायलाई बढावा दिन चाहन्छौँ ।”

नेपालफ्लिक्स र सङ्गसनेपालको जस्तो सहकार्य युट्युवमा निकै लोकप्रिय रहँदै आएको छ । यी दुवै कम्पनी र यिनका सम्बन्धित च्यानलहरुले एक साथ मिलेर नयाँ समाग्रीहरु निर्माण
तथा प्रस्तुतीका लागि काम गर्नेछन्।

Purbeli TV

तपाईको प्रतिक्रिया