नेपालको बालगृहको सहयोगका लागि हंकङमा ‘ज्योति म्युजिकल’ नाइट हुँदै

हंकङ / आगामी असार २८ गते शनिबार अर्थात् १३ जुलाई को दिन हंकङ स्थित ब्लु ओसियन रेस्टुरेन्टको हलमा अहिलेको चर्चित तथा हट लोकगायिका ज्योति मगरको बिशेष सांगीतिक कार्यक्रम ज्योति म्युजिकल नाइट २०१९ आयोजन हुदैछ ।

काठमाडौँको जोरपाटी स्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउनडेशन नेपालको सहयोगर्थ हुने कार्यक्रममा हंकङकै स्थानीय कलाकार हर्सित आले मगर, राज तामांगको गायन तथा चर्चित डान्सर सुष्मिता शाहीको समेत प्रस्तुति रहनेछ ।

गायिका तथा मोडल ज्योति मगर चौथौ पटक हंकङ जाँदैछिन् । कार्यक्रमहरुको संयोजन फोटोग्राफीमा सधै सक्रिय रहने बुलेटहाङ्ग तिगेलाको ब्ल्यागपिग इन्टरटेनमेन्टले गर्नेछ ।

तपाईको प्रतिक्रिया

Loading…