नेपालकै होचा कलाकार ‘दिपेन शाह’ को निधन

काठमाडौं /नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान ७ बजे निधन भएको छ । ३१ इन्च अग्ला शाह केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका हुन् । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको १९ वर्षको उमेरमा निधन भएको निधन भएको हाे ।

नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए ।  पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए ।  उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका दिपेनले सारथी नामक चलचित्र बाट अभिनय यात्रा थालेका थिए । उनि हाँस्य चलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । ज्वरो आएपछि अस्पताल भर्ना भएका दिपेनको मृगौलामा समस्या देखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया