नेपथ्यका गायक अमृत गुरुङलाई पुराना गायकद्धारा गीत चोरीको बात (भिडियाे सहित)

इटहरी । पुराना गायक गंगा बरदानले बेलाबेला आफना दर्जनौ गीतहरु चोरिएको गुनासो गर्दै आएका थिए र छन । चलनचल्तीका धेरैजसो गायकहरुले कहिँ न कहि आफनो गीत चोरेर गाएको आरोप लगाउँदै आएका उनले फेरि एकजना चर्चित गायकलाई आफ्नो सृजना (रचना तथा संगीत दुवै) माथि आफ्नो हैकम चलाएको आरोप लगाएका छन् ।

आफनो बर्षौ पुरानो गीत “माया गर्ने बानी, उल्टै गर्छ हानी “, बोलको गीत चर्चित ब्याण्ड नेपथ्य ब्याण्डका अमृत गुरुङले कुनै समय स्टेजमा गाउन भनि सोधेको र पछि बिना अनुमति रेकर्ड गरेर अल्बममा निकालेको गायक तथा संगीतकार गंगा बरदान बताउछन् । रेकर्ड नै गरेपछि आफुले नि भाइहरु भनेर छोडिदिएको तर अहिले आएर मात्र युट्युबमा राखिएको उक्त गीतको भिडियोमा आफ्नो नाम नरहेको तर रचना संगीतमा नेपथ्यको नाम रहेको थाहा पाएर नेपथ्यले बौद्धिक चोरी गरेको भन्दै आपत्ति जनाएका छन ।

आफ्नो रचना संगीत रहहेको गितलाई आफ्नो भनि गुरुङले आफनो सिर्जना ठाडै चोरी गरेको भन्दै उनले आक्रोश समेत पोखेका छन । म्युजिक नेपालले सो गीतको गायक र रचनाकारका रुपमा आफुलाई सम्मानित समेत गरेको तर सोही गीत चोरी गरि कहिकतै आफनो नाम उल्लेख नगरेको भन्दै बरदानले गुरुङ प्रति आक्रोश पोखे । गुरुङले गाएर भिडियो बनाई युटयुबमा अपलोड गरेको ओरिजिनल भिडियोमा स्वर तथा शब्द दुबैमा नेपथ्यको नाम उल्लेख छ ।

उक्त गीत नेपथ्य ब्यान्डको रेशम नामक अल्बममा समावेश गरिएको छ र एल्बममा नाम दिईएको भएपनि क्यासेट तथा सिडीको प्रचलन हराइसकेको अहिलेको डिजिटल युगमा नेपथ्यले बनाएको अफिसियल भिडियोमा नै स्रस्टाको नाम हटाईदिनु नेपथ्य ब्याण्ड तथा मुख्य गायक अमृत गुरुङको बदमाशी देखिन्छ । बरदानले स्थापित गायक बाट नै आफु पिडित भएको समेत बताए । सोही बिषयमा गुरुङसँग पटक पटक सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन । सामाजिक सञ्जाल र ईमेल गर्दा समेत उनले कुनै प्रतिक्रिया जनाएका छैनन ।

दुई बर्षअघि पनि गायक बरदानले नेपालीभाषी गायक बिपुल क्षेत्रीमाथि कहाँमा काटयो बेतको लौरी नामको गीत चोरी गरी गाएको भन्दै पूर्वेली न्युज सँग गुनासो गरेपछि समाचार सार्बजनिक भएको र पछि बिपुलले सोही गित हटाएर बरदान सँग माफी मागेका थिए भने नेपथ्य ब्याण्ड लाई रेशम भन्ने उनीहरुको चर्चित गीत समेत पुराना लोक गायक एलपी जोशीले आफ्नो गीतबाट चोरेको आरोप पहिला नै लागिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…