निर्देशक दिलिप समनले लिएर आए संतरन्ज

सुन्दरहरैंचा / नेपाली फिल्मी नगरीमा निर्देशक दिलिप समनले लघु चलचित्र संतरन्ज लिएर आएका छन् । युवाहरुलाई लक्ष्यित गरेर निर्माण गरिएको यस चलचित्रमा आधुनिक समय परिवेशलाई केन्द्रीत गर्दै पैसाकाे वारेमा कथा तथा विषय बस्तु समेटिएको छ । पैसा र साथिभाइ विचकाे सम्बन्ध के कस्तो सम्म हुन्छ भन्ने बारेमा चलचित्रमा देखाइएको छ ।

लघु चलचित्रलाई नाैलाे किसिमले प्रस्तुत गरिएको यस चलचित्रमा कलाकार दिपजंघ शाही, अनुजा सिंह , डिम्पल खरेल तथा युवाराज प्रसाइकाे दमदार अभिनय रहेकाे देख्न सकिन्छ । चलचित्रमा कथा तथा पटकथा दिलिप समनकाे रहेको छ । संतरन्ज नेपाली लघु चलचित्रमा फरक किसिमकाे स्वाद रहेको तथा दर्शकहरुले समेत रुचाउँने आशावादी रहेको दिलिप बताउँछन् ।

नेपाली म्यूजिक भिडियोमा उत्कृष्ट भिडियो निर्देशकका रुपमा परिचित दिलिपले यस भन्दा अगाडी डब्बल माया शिर्षककाे टेलि सिरियल समेत बजारमा ल्याइ सकेका छन् । विभिन्न अवार्डहरुद्वारा सम्मानित दिलिपका २ सय भन्दा बढी म्यूजिक भिडियोहरु समेत दर्शक माझ आइ सकेका छन् ।

तपाईको प्रतिक्रिया