निराजन र अशिष्मा यसरी बाँधिए एक अर्काको अंगालोमा, हेर्नुस् भिडियो

गायक सुरज मानन्धरले आफ्नो नयाँ गीत “तिम्रो अंगालोमा”को म्युजिक भिडियो सहित बजारमा लिएर आएका छन् । लामो समयको मेहनत र प्रतीक्षा पछि अलिक फरक आवाज भएका यी गायकले आफ्नो यो गीत सार्बजनिक गरेका हुन् । गीतमा गायक सुरजलाई अन्जु पन्तले साथ् दिएकि छिन भने संगीतकार चन्दन के श्रेष्ठ संग शास्त्रीय संगीतको शिक्षा लिएका गायक मानन्धरको यो गीतमा गोबिन्द दाहालको शब्द रहेको छ । गीतमा चन्दन के श्रेष्ठको संगीत र फणिन्द्र राईको संगीत संयोजन रहेको छ भने भिडियो यस्तो बनेको छ ।

सार्बजनिक गीतको म्युजिक भिडियोमा निराजन प्रधान र अशिष्मा नकर्मीको अभिनय छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया