निकै मेहनत पछि मदन गोपालको ‘हेलिकप्टर’ सार्बजनिक, हेर्नुस् (भिडियो सहित)

ईटहरी/ नेपाली साङितिक क्षेत्रमा सुगम संगीतका कुशल गायकको रुपमा परिचित छन् गायक मदन गोपाल । बिगत लामो समयदेखि संगीत साधनामा लागेका उनले केही दिन अघि ‘हेलिकप्टर’ बोलको फरक स्वाद दिने म्युजिक भिडियो सार्बजनिक गरे ।

मुख्यतः आधुनिक शैलिमा पोख्त मदनले यो पल्ट भने डान्सिङ शैलिलाई अङाल्दै यो गीत तथा भिडियो सार्बजनिक गरेका छन् । यता गायकहरुले आफ्नो गीतहरुमा आफै मोडलिङ गर्ने शैलीलाई पछ्याउँदै यो गीतको भिडियोमा उनी आफै पनि अभिनय गर्दै गरेको देख्न सकिन्छ । हेर्नुस उनै मदनको हेलिकप्टर यस्तो बनेको छ ।

सार्बजनिक भिडियोको गीतलाई मदनले स्वर भरेका छन भने केशब अधिकारीले गीतको शब्द तयार गरेका हुन् भने उनै केशवले गीतमा संगीत पनि भरेका छन् । त्यस्तै यो गीतमा पाकिस्तानी नागरिक ईमाद रहमानले संगीत संयोजन तथा प्राविधिक काम गरेका छन् । भिडियोलाई प्रशान्त तामाङले निर्देशन गरेका हुन् । निरोज श्रेष्ठले खिचेको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन् ।

PURBELI TV

तपाईको प्रतिक्रिया