निकिशा श्रेष्ठलाई सडकमै दुर्व्यवहार गर्ने तीनै जना पक्राउ

काठमाडौं । निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरले घटनामा संलग्न रहेका १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको बताएको छ ।

जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ । श्रेष्ठलाई उनीहरुले लैंगिक भेदभावपूर्ण शब्दहरु प्रयोग गरी अनावश्यक हैरानी गरी भिडियो समेत बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेकामध्ये खत्रीले स्कुटर चलाएको र स्कुटरमा सवार १६ वर्षीय किशोरले भिडियो खिचेपश्चात १७ वर्षीय किशोरले उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया