नायिका रेखा थापाको खुलासा–‘छवि र शिल्पाको बिहे भएको २ बर्ष भयो’

अभिनेत्री रेखा थापाले आफ्नो पूर्व पति तथा निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गरिसकेको रहस्यको पर्दाफास गरेकी छिन् । ‘रमाइलो ६’ अनलाइनको प्रथम वार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिकामा आफ्नो विचार लेख्दै उनले यो कुराको खुलासा गरेकी हुन् ।

उनले छविराज र शिल्पाको विवाह २ वर्ष अगाडि नै भएको समेत गोप्यता खोलेकी छन् । रेखाले डिभोर्स भएपनि आफ्नो नाम पटक-पटक छविराज ओझासँग जोड्दा ‘इरिटेट’ हुने गरेको लेखेकी छन् ।

उनी लेख्छिन्, ‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छविराज ओझासँगको प्रेम, बैबाहिक सम्बन्ध र त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधिमा पाठक/दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छविराज ओझासँग अहिले पनि जोडिन्छ, जबकि डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई वर्ष भइसक्यो ।’

छविराज ओझा र शिल्पा पोखरेलले विवाह गर्न लागेको खबर बारम्बार बाहिर आइरहँदा रेखाको यो खुलासाले सिनेवृतमा तरंग ल्याएको छ । उनले आफूमाथि मिडियाले विभेद गरेको भन्दै दुखेसो समेत पोेखेकी छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया