नायिका कंगनालाई बलात्कारको धम्की

मुम्बई / बलिउड नायिका कंगना रनोटले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको दाबी गरेकी छिन् । भारतमा जारी किसान आन्दोलनलाई ‘राजनीतिबाट प्रेरित’ भएको बताउँदै आलोचना गरेको कारण आफूले १०–१२ दिनदेखि भावनात्मक र मानसिकरुपमा ‘अनलाइन लिंचिङ’को सामना गर्नुपरिरहेको कंगनाले दाबी गरेकी हुन् ।

सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै कगनाले प्रियंका चोपडा र दिलजीत दोसांझमाथि निशाना साधेका छन् । उनले भनेकी छन्, ‘उनीहरुले पटक–पटक आफ्नो देशभक्ति किन पुष्टि गर्नुपर्छ जबकि प्रियंका चोपडा र दिलजीत दोसांझजस्ता कलाकारहरुसँग कहिले पनि उनीहरुको नियतबारे प्रश्न गरिँदैन ।’

उनले भनिन्, ‘मैले वचन दिएको थिएँ जब किसान आन्दोलनको सत्य उजागर हुनेछ, शाहीन बागको जस्तै, तब तपाईंहरूसँग कुरा गर्नेछु । के यो देशमा प्रश्न गर्नु मेरो अधिकार होइन ? जबकि प्रधानमन्त्री नरेन्द्र मोदीले सबै कुरा स्पष्ट पारी सकेका छन् । तब कुनै प्रकारको सन्देह बाँकी रहँदैन । यसबाट पुष्टि हुन्छ कि यो आन्दोलन राजनीतिबाट प्रेरित छन् र यसमा आतंकवादी पनि भाग लिइरहेका छन् ।’

उनले भनेकी छिन्, ‘यो देशमा के भइरहेको छ ? साथीहरू हामी आफूले आफूलाई विदेशी शक्तिको अगाडि किन कमजोर बनाइरहेका छौँ ? मैले मेरो नियतको बारेमा हरेक दिन कुरा गर्नुपर्छ । एक देशभक्तलाई कयौँ कुरामा स्पष्टिकरण दिनुपर्छ । तर, दिलजीत दोसांझ र प्रियंका चोपडासँग उनको नियतबारे कसैले प्रश्न गर्दैनन्, उनीहरुका रणनीति के हो ? जबकि म देशको पक्षमा कुरा गर्दा ममाथि राजनीतिको आरोप लाग्छ ।’
एजेन्सी

तपाईको प्रतिक्रिया