नायक पल शाहले माफ मागेर मिलाए धरानको झगडा

इटहरी / धरान भिडियो सुटिङका लागि धरान आएका अभिनेता पल शाह (पूर्णविक्रम शाह) र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीचको झगडा मिलेको छ । इलाका प्रहरी कार्यालय धरानमा नायक पल शाह विरुद्ध ठाडो विहिबनर उजुरी थियो । भने शुक्रबार बिहान पल शाहका सहयोगी कृष्णप्रसाद जोशीले पनी प्रधान विरुद्ध उजुरी दिएका थिए ।

दिउँसो ३:३० मा प्रहरी कार्यालयमा आउने भनेका पल ६:४० मा प्रहरी कार्यालयमा आएका थिए । प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेपछि झगडा मिलेको हो ।

दुबै पक्षको गल्ती छ : प्रहरी

इलाका प्रहरी कार्यालय धरानमा शुक्रबार साँझ भएको दुई पक्षको छलफलमा प्रहरीले हात लगाउनेको धेरै गल्ती भएको बताएपछी पलले माफी मागेपछि झगडा मिलेको हो । प्रधानमाथि हात पात गर्ने पलका सहयोगी जोशीले पनि आफुले गल्ति गरेको स्विकार गर्दै माफी मागेका थिए ।

त्यस्तै प्रधानलाई पनी प्रहरीले आफुले आवेगमा बोलेका कुरा प्रति माफी माग्न लगाएका थिए । भने प्रधानले पनी पल र जोशी सँग मैले पनि केही साह्रो बोले होला भन्दै हात जोडेर माफ मागेका थिए । माफ मागेर पल र प्रधान सँग हात मिलाएर काँध हालेर सँगै छलफल कोठाबाट निस्केका थिए ।

कसरी भयो ज्वाँई खाना घरमा झगडा

प्रदेश १ मा गीत सुटिङमा आएका शाह खाना खान धरान १० को ज्वाँई खाना घरमा पुगेका थिए । शाहलाई खँदा लगाएर सम्मान गर्ने क्रममा पनि पल फोटो खिच्न मानेका थिएनन् । फागुन १५ गते होटल रत्न इनमा नेपाली चलचित्रको प्रभाव सम्बन्धी कार्यक्रममा निमन्त्रणा गर्न आउन नमाने पछि प्रधानले अतिथिको नाम फेसबुकमा राखेकाले हटाउने बताएका थिए ।

प्रधानले नाम हटाउने बताए पछि सामान्य भनाभन भएको थियो । सो क्रममा झगडा भएको थियो । प्रधानले भने ’हामी अर्को टेबलमा बसेका थिए । सोही क्रममा शाहले गुन्डा शैलीमा धरानमा चिनेका साथीलाई फोन गरेर १५ जनाको समूह बोलाएको र अपशब्द बोलेका थिए रेष्टुरेन्टको सिसिटिभी फुटेजमा पनि कुटपिट भएको देखिएको छ ।

प्रधान र शाह बीच सामान्य विषयमा विवाद भएको थियो । बुधबार ज्वाई खाना घरमा पल शाहलाई स्वागत गर्न र शनिबार हुने कार्यक्रमको निम्तो दिन पुगेका प्रधानलाई शाहका मेनेजर जोशीले आक्रमण गरेका थिए । सो घटना पछि बिहिबार प्रधानले प्रहरीमा उजुरी दिएका थिए ।

तपाईको प्रतिक्रिया