नायक किशोर खतिवडाद्धारा आत्महत्याको प्रयास

काठमान्डाैं / नायक किशोर खतिवडाले आत्महत्याको प्रयास गरेका छन् । आइतबार केही साथीहरुले किशोरलाई विष सेवन गरेको भन्दै ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुर्याए ।

अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य जाँच गर्दा विष शरीरभित्र पुगेको भेटिएन । ‘उहाँले विष सेवन गरेको भनेर ल्याइएको थियो, तर हामीले चेक गर्दा विषको असर भेटेनौं,’ अस्पतालका हेल्थ एसिस्टेन्ट डम्बर बोहोराले भने, ‘उहाँले विष पिउन खोज्दा साथीहरुले रोक्नुभएको रहेछ ।’

बोहोराका अनुसार खतिवडालाई मदिराको असर र डिप्रेसनको लक्षण देखिएको थियो । त्यसपछि अस्पतालले उनलाई भर्ना भएर उपचार गर्न सिफारिस गरे पनि किशोरले नमानेपछि घर फर्काइएको थियो । किशोरले आफूले आत्महत्या प्रयास गरेको स्वीकार गरेका छन् ।

अहिले पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य नभएको किशोरले बताए । आत्महत्या प्रयास गर्नुको कारण भने उनले खुलाउन चाहेनन् । अहिले आफू साथीहरुको कोठामा बसिरहेको किशोरले जानकारी दिए । अलिकति फ्रेस भएपछि आफ मिडियाको सम्पर्कमा आउने उनले बताए ।

तपाईको प्रतिक्रिया