नायक अनमोल केसी भन्छन् – ‘विश्वकप अर्जेन्टिनाले जित्नुपर्छ’

काठमाडौं । विश्वभर अहिले वल्डकपको रौनक छाएको छ। जुन १४ देखि सुरु भएको यस फुटबल मेलामा खेलप्रेमीहरु आफूलाई मन पर्ने टिमको समर्थन जनाइरहेका छन्। जर्सीमा सजिएर युवाहरु आफूलाई मन पर्ने टिमको लागि बलियो समर्थन जनाइरहेका छन्। नेपाली अभिनेता अनमोल के.सी पनि विश्वकपको रौनकबाट आछुतो छैनन्। अनमोलका अनुसार, उनी अर्जेन्टिनाका खेलाडी लेओनल मेस्सीका ठूला फ्यान हुन्। उनले लगाएको जर्सीले पनि त्यो कुरालाई प्रष्ट पार्छ।

मेस्सीकै लागि अनमोल अर्जेन्टिनाले वल्डकप जित्नुपर्छ भन्ने पक्षमा छन्। अनमोल भन्छन् ,’ जर्मनी बलियो टिम छ। तर, मेस्सीले अहिलेसम्म आफ्नो टिमलाई वल्डकप दिलाउन नसकेकोले अहिले अर्जेन्टिनाले जित्नुपर्ने जरुरि छ’। अनमोलका अनुसार, सबैको आ-आफ्नो रोजाइ र विचार हुन्छ। त्यसैले अरु देशका समर्थक तथा आफ्ना फ्यानहरुले आफू अर्जेन्टिनाको पक्षमा बोल्दा केही भन्ने कुरालाई उनी गम्भीर रुपले लिदैनन्। अनमोल के.सीले चलचित्र क्याप्टेनमा अभिनय गर्दैछन्। चलचित्र क्याप्टेन पनि फुटबल खेलसंगै सम्बन्धित चलचित्र हो। डिसिनेपालबाट

Purbeli TV

तपाईको प्रतिक्रिया