नामकाे सुरूकाे अक्षर मिले पनि सम्बन्ध विच्छेद भएका यी जाेडी

२०७४ मा घरबार (भत्किएका) सम्बन्ध विच्छेद भएका जाेडीकाे नामकाे सुरूकाे अक्षर(Alphabet)  मिले पनि सम्बन्ध  टिकेन

मनोज–मीना

हास्य कलाकार मनोज गजुरेलले २०७४ सालमा आफ्नी श्रीमती मीना गजुरेल ढकालसँग सम्बन्ध विच्छेद गरेका हुन्।२२ वर्ष लामो वैवाहिक जीवनपछि उनीहरू अलग्एिका हुन्। यो जोडीका दुई सन्तान छन्।

रीमा–रोबर्ट

अभिनेत्री रीमा विश्वकर्माको वैवाहिक सम्बन्ध पनि यसै वर्ष टुंगिएको हो। विवाह भएको दुई वर्ष नपुग्दै उनी बेलायत बस्ने रोबर्ट विश्वकर्माबाट टाढिएकी हुन्। कार्य व्यस्तताले गर्दा रीमाले रोबर्टलाई समय दिन नसक्दा उनीहरूका सम्बन्ध टुटेको कतिपयको भनाइ छ भने रोबर्टको विवाहेत्तर सम्बन्धका कारण सम्बन्ध विच्छेद भएको भन्नेहरू पनि छन्। तर, रीमा र रोबर्टले भने यस विषयमा मुख खोलेका छैनन्। रीमा अहिले गायन रियालिटी सो ‘नेपाल आइडल सिजन–२’ व्यस्त छिन्।

मिलन–मेन्सन

गायिका मिलन अमात्यको पनि यसै वर्ष श्रीमान् मेन्सन अमात्यसँग सम्बन्ध विच्छेद गरेकी हुन्। बिहे भएको छ वर्षपछि उनीहरू छुट्टिएका हुन्। गायक दीपक लिम्बूसँग अफेयरका कारण मिलनका वैवाहिक सम्बन्ध टुटेको भन्ने हल्ला छ। तर, मिलन र मेन्सनले भने यसबारे केही भनेका छैनन्।

अरुणिमा–अमित

अभिनेत्री अरुणिमा लम्साल र अमित अर्यालले पनि यसै वर्ष सम्बन्ध विच्छेद गरेका हुन्। उनीहरूकी छ वर्षकी छोरी अक्षता छिन्। विवाह गरेको १२ वर्षपछि उनीहरूले आफ्नो सम्बन्ध टुंग्याएका हुन्। बिभिन्न अनलाइनहरूकाे सहयाेगमा

तपाईको प्रतिक्रिया