नाजिर हुसेन र सिल्पा मास्के अब ‘कागज पत्र’मा

वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा लिको प्रस्तुतिमा ‘कागज पत्र’ बन्ने भएको छ । आज मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै ‘कागज पत्र’ को घोषणा गरिएको हो । सामाजिक प्रेमकथा र कमेडी जनारामा बन्न लागेको फिल्ममा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको छ ।कागज पत्रलाई चलचित्र ‘झुम्की’ निर्देशन  गरिसकेका अपिल बिष्टले निर्देशन गर्नेछन भने उनैले फिल्मको कथा तयार पारेका हुन् ।

विशारद बस्नेत कार्यकारी निर्माता रहेको फिल्ममा सरिता गिरी, नाजिर हुसेन, सिल्पा मास्के, आर्जेश रेग्मी लगायतका कलाकारको मुख्य अभिनय रहने छ । दाङ र काठमाण्डौमा छायांकन हुने फिल्ममा करोड बढी लगानी रहेको छ भने यहि ३२ गतेबाट  कागज पत्र टीम फ्लोरमा जानेछ ।

तपाईको प्रतिक्रिया