नाजिर र केकिको ‘राज्जा रानी’ पुरा फिल्म युट्युबमा, यहाबाट हेर्नुस् (पुरा फिल्म हेर्नुहाेस् )

इटहरी/ केहि महिना अघि मात्र सार्बजनिक प्रदर्शनमा आएको नेपालि फिल्म ‘राज्जा रानी’ युट्युबमा सार्बजनीक भएको छ । पुरा फिल्म सार्बजनिकको २ दिनमै युट्युब नेपाल ट्रेण्डिङ्गको पहिलो स्थानमा पुग्न सफल भएको छ । यसो त नेपालि फिल्मले हलमा खासै राम्रो ट्रेण्डिङ्ग नपाए पनि युट्युबमा भने ट्रेण्डिङ्गको राम्रै स्थान पक्डिरहेको हुन्छ ।

फिल्ममा नाजिर हुस्सैन, कामेश्वर चौरसिया र केकी अधिकारिको मुख्य भूमिका रहेको छ भने फिल्मको एक गीत ‘चिप्पक चिप्पक’ले राम्रै चर्चा कमाएको थियो । यसै गीतका कारण पनि फिल्म हलमा रिले हुनु अघि प्रतिक्षित बनेको थियो । रमेश एमके पौडेल ले निर्माण गरेको फिल्मलाई याम थापाले लेखन तथा निर्देशन गरेका हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया