नाच सिङिङ एण्ड डान्सिङ कम्पिटिसन मा निकिता र बन्धना

 

मोरङ । साईमन्स फिल्म एण्ड ईन्टरटेन्मेन्ट मुम्बई र राजबंशी सँस्कृति संरक्षण बिकास मञ्चको संयुक्त आयोजनामा सम्पन्न पुर्वाञ्चलब्यापी रियालिटी शो ‘नाच सिङिङ एण्ड डान्सिङ कम्पिटिसन’ को उपाधि निकिता राजबंशी र बन्धना राजबंशीले जितेका छन ।

पुर्वाञ्चलमा पहिलो पटक सबै भाषालाई प्राथमिकता दिदै ओझेलमा परेका प्रतिभालाई बाहिर ल्याउने उदेश्य सहित आयोजित कार्यक्रमको गायनतर्फ निकिताले उपाधि हात पारिन । ,पिंकी राजबंशी फष्ट रनरअप,इन्द्रसिह राजबंशी सेकेन्ड रनरअप र नृत्यतर्फ लक्ष्मी राजबंशी फस्ट रनरअप , भुपेद्र राजबंशी सेकेन्ड रनरअप घोषित भएको कार्यक्रमका संयोजक साईमन राजबंशीले बताए ।

मोरङको कर्शियामा सम्पन्न कार्यक्रममा झापा र मोरङ जिल्लाका प्रतिष्पर्धीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकमा कुशेस्वर राई, गायक बलबहादुर राजबंशी , गीतकार गोपाल राजबंशी, साईमन राजबंशी र मणि राई रहेका थिए ।  – बिरेन्द्र शाहबाट

तपाईको प्रतिक्रिया