‘नाई नभन्नु ल ५’ शीर्ष गीत सार्वजनिक (भिडियो)

बर्ष २०७५ को प्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ५’ को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीको क्यूज हलमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको टाइटल गीत सार्वजनिक गर्यो । ‘तिम्रो आँखाका आँखा जुधाइ’ बोलको गीतमा मेलिना राईको स्वर छ । अभिनेत्री स्वस्तिमा खड्का र डेब्यू ब्वाई अभिषेक नेपाल फिचर गीतको अडियो सुमधुर लाग्छ । गीतमा संगीत बसन्त सापकोटाले भरेका छन् । दिनेश थपलियाको शब्द समावेश छ । कोरियोग्राफी कबिराज गहतराजको छ ।

विकासराज आचार्य निर्देशित फिल्म आगामी भदौ ८ बाट दर्शकमाझ आउँदैछ । हिट सिरिज ‘नाइ नभन्नु ल’को पाचौँ संस्करणमा लिड अभिनयमा दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपालसँगै बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा छन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यले लेखेका हुन् । हरिबोल भण्डारी र गौरीराज जोशी निर्मातामा छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया