नाइँ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक ( ट्रेलर सहित)

चलचित्र नाइँ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक भएको छ । नाइँ नभन्नु ल देखि नाइँ नभन्नु ल ५ सम्म आउँदा विकासका सबै चलचित्र सफल मानिएका छन् भने यो चलचित्रमा उनले नयाँ कलाकार सेड्रिना शर्मा र अभिषेक नेपाललाई ब्रेक दिएका छन् ।

भाद्र ८ गतेलाई रिलिज डेट राखिएको चलचित्र नाइँ नभन्नु ल ५ मा अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपालका साथमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी तथा स्वस्तिमा खड्काको जोडदार अभिनय देख्न सकिन्छ । हरिबोल भण्डारी तथा गौरी राज जोशीको लगानी रहेको चलचित्रमा बिकास आचार्य तथा सामिप्य राज तिमिल्सिनाको कथा रहेको छ भने चलचित्रलाई विकास राज आचार्यको रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया