नरेश पातलीले रेकर्ड गराए गीत

काठमाडौं । नेपाल आइडलको सिजन–२ मा धनगढी अडिसनमा रमाईलो प्रस्तुतिका कारण सर्वाधिकचर्चा कमाएका बझाड्का नरेश पातलीले आफ्नै आवाजमा गीत रेकर्ड गराएका छन् ।
आइडलको अडिसनमा अनौठो हाउभाऊका साथ गायक राज सिग्देलको चर्चित गीत ‘उ जितेर गइ या हारेर गइ … ‘ गाएका उनी एकाएक भाइरल बनेका थिए । संगीत शिक्षा नलिइकनै मोबाइलमा गीत सुनेकै भरमा अडिसन दिदा धेरैले आफुलाई उडाएका कारण आफ्नै स्वरमा गीत रेकर्ड गराएको उनको भनाई छ । नरेश भन्छन् ‘अब म संगीत सिकेर राम्रो गायक बन्छु ।’

उनले बादल घिमिरेको शब्द र संगीतमा ‘आई ह्याभ अ गर्ल फ्रेन्ड’ बोलको गीत रेकर्ड गराएका हुन् । हाल संगीतकार घिमिरेले नै नरेशलाई संगीत प्रशिक्षण दिंदै आएका छन् । गीतमा पनि घिमिरेले नै लगानी गरिदिएका हुन् । बबरमहलस्थित प्रिज्म स्टुडियोमा रेकर्ड भएको गीतको चाँडै भिडियो पनि निर्माण गरिने संगीतकार घिमिरेले बताए । नरेशले आफुले अपेक्षा गरे भन्दा निकै राम्रो गाएको उनि बताउँछन् । गीत बजारमा आएपछि नरेशले आफूलाई सम्भावित गायकका रूपमा प्रमाणित गर्ने उनको विश्वास छ । भन्छन् ‘ गीत बजारमा आएपछि उनप्रतिको बेसुरा गायकको ट्याग पनि हट्नेछ। ’

Purbeli TV

तपाईको प्रतिक्रिया