नयाँ पहिरानमा दिपिका : एकाएक तस्विर भयाे भाइरल

एजेन्सी । केहि दिन अघि मुम्बईमा ‘लक्स गोल्डेन रोज अवार्ड २०१७’ आयोजना सम्पन्न भयो, बलिउडका केहि सुन्दरीहरु बोलाईएको थियो र सुन्दरीहरु पनि निकै आकर्षक अन्दाजमा उपस्थित भए । यस अवार्ड फङ्कशनमा रेड कार्पेटमा उतारिएका सबै अभिनेत्रीहरु आ आफ्नो तारिफ सबैबाट लुटे ।

त्यस्तै अभिनेत्री दीपिका पादुकोणले पनि रेड कार्पेटमा आफ्नो नयाँ लुक्सबाट निकै तारीफ बटुले तर सोसल मिडियामा ट्रोल हुन पुगिन् । गोल्डेन कलरको ड्रेसमा उपस्थित दीपिकाको पहिरन उनका फ्यानहरुले मन पराएनन् ।यस इभेन्टमा दीपिका अफ शोल्डर गोल्ड्न कलरको हाइ स्लीप गाउनमा उपस्थित भईन् । उनको यस गाउन लुक्सले उनलाई सुहाएन र भद्धा देखिन पुगिन् ।

दीपिकाले उनको यस तस्विरलाई सोसल मिडियामा सेयर गरे तर उनका फ्यानहरुले उनको तारीफ गर्नुको साटो ट्रोल बनाईदिए ।उनका सबै फ्यानहरुले उनलाई आफ्नो पहिरन देखि स्टाईल समेत बदल्न सल्लाह दिएका छन् ।

यस अवार्डमा दिपीका पादुकोणको साथमा माधुरी दिक्षीत, करिना कपुर, कट्रिना कैफ, आलिया भाट्ट, ज्याकलिन फर्नाण्डेज, श्री देवी, जुही चावला, यामी गौतम, लगाएतका अभिनेत्रीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया