धुर्मुस सुन्तलीलाई नायिका रेखा थापाको साथ

rekha thapaगिरान्चौर एकिकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग गरेकी छिन् । धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै पुगेर उनले एक लाख रुपैँया सहयोग हस्तान्तरण गरेकी हुन् । सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले बताएकी छिन् । आफ्ना थुप्रै फ्यानले धुर्मुस सुन्तलीको काममा सहयोग गर्न आग्रह गरेकाले पनि गिरान्चौर निर्माणका लागि सकेको आर्थिक सहयोग गरेको उनको भनाई छ । गिरान्चौर एकिकृत बस्ती बनाउने अभियान कला जगत सबैको साझा अभियान भएकाले सकेको सहयोग गर्नु आफ्नो कर्तव्य भएको नायिका थापाले बताएकी छिन् ।

धुर्मुस सुन्तलीको कामको अहिले चौतर्फी प्रशंसा भइरहेकाले अझै प्रसंशा बटुल्नका लागि अझै राम्रो काम गर्नका लागि समेत धुर्मुस सुन्तली फाउण्डेशनलाई उनले शुभेच्छा प्रकट गरेकी छिन् । सहयोग रकम बुझ्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले रेखा थापाले गरेको सहयोग सम्पूर्ण फिल्मी क्षेत्रले गरेको सहयोग र समर्थनको रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् । सामाजीक काममा लाग्न रेखा थापा फाउण्डेशनले गरेको सामाजीक कामले पनि आफुहरुलाई निकै प्रेरित गरेको उनले बताएकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading…