धुर्मुस सुन्तलीकाे चलचित्र सेन्टी भाइरसकाे फस्टलुक्स

इटहरी / सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को फस्टलुक सोमबार सार्वजनिक गरिएको छ । आगामी फागुन ९ गते बाट देशव्यापी रिलिजको तयारीका रहेको यो चलचित्र निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित उक्त चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । रामबाबु गुरुङ निर्देशित उक्त चलचित्रमा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, सन्दिप क्षेत्री, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको अभिनय रहेकाे छ ।

रुपाकोट र पोखरा लगायतका स्थानहरूमा छायांकन भएकाे उक्त चलचित्रकाे गीतको छायांकन केही समयपछि हुने धुर्मुस सुन्तलीले बताएका छन् । चलचित्रमा संगीत राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको रहेकाे छ । ‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ फिल्म निर्माण गरेका हुन् । ‘सेन्टी भाइरस’ को सह-निर्मातामा फूर्पा लामा रहेका छन् । चलचित्रकाे ब्यापारबाट नाफा भएकाे प्रन्ध प्रतिसत रकम गाैतम बुद्ध अन्तराष्टिय रंगसाला निमार्णमा र बाँकि अन्य समाजिक क्षेत्रमा लगानि गरिने समेत निर्माता धुर्मुसले बताएका छन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…