धरान बराहमा मिस पर्सनालिटी

धरान र धरानमा आयोजना भैरहेको मिस पुर्वान्चल २०१७ को सब टाईटल चिजस्टिक मिस पर्सनालिटीको चयन गर्नका लागि बराह जेव्लरी स्थित बराह किचनमा बिहिबार एक कार्यकर्म आयोजना गरिएको छ।

मिस पर्सनालिटी संगै इडन एकेडेमी मिस इन्टलेक्चुअल को समेत छनौट गरिएको कार्यकर्ममा यु एन कलेजका प्राध्यापक तथा होटल म्यानेजमेन्ट कोअर्डीनेटर गगन श्रेष्ठ , बराह जेव्लरीका प्रशासकीय अधिकृत गंगा कालिकोटे , इडन एकेडेमीका निर्देशक तथा संचारकर्मी सुरेश राई , सिजी ब्रुअरीका एरिया म्यानेजर खेम कुइंकेल , गजुरमुखी ट्रेड एण्ड सप्ल्यार्सका  सीईओ गोपाल आचार्य ,धरान इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टका सीईओ लोकेन्द्र श्रेष्ठ र मिस पुर्वान्चल २०१७ फर्स्ट रनर अप इक्सा मादेन निर्णायक रहेको उक्त छनौट कार्यकर्ममा निर्णायकहरुले प्रतियोगीहरुको टेबल म्यानर , बोलीचाली ,भेषभुषा ,प्रश्नउत्तरको सैली , आउट नलेजबाट मिस पर्सनालिटी र मिस इन्टलेक्चुअल को छनौट गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिनुभयो ।

बिजेताहरुको घोसणा  असोज ६ गरिने

यस्तै बराह जेव्लरीद्वारा निर्माण गरिएको गहना लगाएर प्रतियोगीहरु को अफिसियल फोटोग्राफर नरेन कुलुंगद्वारा फोटोसुट समेत गरिएको थियो । फोटोसुट गरिएको फोटोहरुको लाइक तथा निर्णायकहरुको मत को आधारमा बराह मिस जेव्लरी फाइनल कार्यकर्ममा घोसणा गरिनेछ ।

१९ जना प्रतियोगीहरुले कराय्कर्म पछि बराह जेव्लरी तथा कम्प्लेक्सको भ्रमण गरेका थिए भने बराहमा संचालित कृपा १६डी थियटरमा १६ डी फिल्म हेरेर आनन्द समेत लिएका थिए ।सम्पूर्ण प्रतियोगीहरुलाई बराहका प्रसासकिय अधिकृत गंगा कालिकोटेले स्वागत गर्दै शुभकामना दिंदै मिस पुर्वान्चलमा सहभागी भएर भबिस्यमा आफुलाई अझ अगाडी बढ्ने प्रेरणा आफुमा ल्याउनुपर्ने बताउनु भयो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…